पशुपतिनाथ मन्दिर विभाजनलाई रोक्न सहमति र सहकार्यनै उत्तम

 

सम्पादकिय 

महाभारत र मनुस्मृतिमा एउटा वाक्यांश छ धर्मो रक्षति रक्षित : अर्थात रक्षित धर्मले नै रक्षकको रक्षा गर्दछ । सरल भाषामा भन्दा सभ्यता , संस्कृति जोगाउन बनाईएका नीति नियमलेनै हामी र हाम्रा परिचय जोगाउने हुन । त्यसैले खराब पद्धति र सँस्कारले तपाईलाई क्षणिक ,आन्नदित र विजयी त बनाउँला तर त्यहि सँस्कार र पद्धतिनै तपाईको विनाश वा समाप्ति पनि हुन सक्छ ।

" धर्म " मानव जिवनको अत्यन्त संवेदनशिल विषय हो । धर्म आस्था हो , समानता हो , बराबरी हो , यो विश्वास हो र शान्ति हो । अहंकार , घमण्ड कु- विचारलाई त्याग्ने पवित्र माध्यम पनि हो । त्यसो भए धर्म भनेको के हो ? तपाईको मनमा प्रश्न उठ्न सक्छ । 

धर्म शब्द संस्कृतबाट आएको शब्द हो यसको अर्थ धारण गर्नु हो । के धारण गर्नुभयो ? त्यहि धर्म हो , त्यहि नै तपाईको परिचय हो ।

तपाईले धारण गर्नुभएको अनुशासन , सभ्यता, सँस्कारले नै समाजलाई व्यवस्थित बनाउँछ । पाटी , पौवा, मन्दिर , पाठशाला, चौतारी, कुलो , खेत जतात्यतै त्यसका अभ्यास र प्रयोग हुन्छन त्यसैले त भनिन्छ सभ्यता र संस्कारलेनै तपाई अनि समाजकाे भविष्य निर्धारण गर्दछ ।

आजभोलि धार्मिक आस्थाका स्थलहरूमा पनि राजनीति , भेदभाव, असमानता प्रष्ट देखिन थालेको छ । इश्वरलाई साक्षी राखेर हुने यस्ता भेदभाव असमानता र असभ्यताले हामीलाई कता डोर्‍याउँदै छ ? 

दुःख पिडामा छट्पटिएर शरण लिने आस्था र विश्वासका पवित्र स्थान मन्दिर , चर्च, गुम्वा , मस्जिद भित्र भेदभाव, बलमिचाई , घेरावन्दी, अनुशासनहिनता, अमानवियताले स्थान पायो भने समाजमा त्यसले कुन स्तरको घृणा फैलाउँला ? र यसले दिने सभ्यताको परिचय र त्यसले समाजलाई पुर्‍याउने क्षतिको अनुमान लगाउनुस त , इतिहास पनि हेर्नुस  । 

मन्दिरले त मन जोडने काम गर्छ । यति सानो नेपाली समाजमा पनि हातमा गन्न सकिने मनिदरहरू छन र पनि हाम्रा अभ्यास र प्रयोग किन सधै विवादास्पद हुन्छन ? यसका व्यवस्थापक र ट्रष्टीसँग यसको उत्तर पक्कै पनि होला ।

पशुपतिनाथ मन्दिर तथा कम्युनीटि सेन्टर प्लमस्टेडमा पछिल्लो पटक बाहिरिएको अत्यन्त विवादास्पद निर्णयलाई सही दिशानिर्देशित गर्न संस्थाका ट्रष्टी संयोजक कर्ण शाही र निर्वाचन प्रमुख नरेन्द्र कँडेलले निर्वतमान सचिव तथा अध्यक्षका प्रत्यासी कल्पना त्रिपाठीलाई न्याय गर्दै विभाजित ट्रष्टी र आजीवन सदस्यका मनलाई एकै ठाउँमा ल्याउन ढिला गर्नु हुदैन ।

मन्दिरमा पूजाआजा गर्दा भेदभाव भयो , मन्दिरले विभेद गर्‍यो , समानता भएन जस्ता जनमानसका गुनासाहरु  पछिला दिनहरुमा बढेका छन । यो समस्या समाधानमा पनि  मन्दिर व्यवस्थापन तथा सरोकारवालाको विशेष ध्यान जावोस ।

सम्बन्धित समाचार