लण्डनबाट मानवसेवा आश्रमलाई सहयोग

लण्डन । यूके निवासी सबिना श्रेष्ठले मानव सेवा आश्रम , बिराटनगर नेपालका लागि पचास हजार सहयोग गरेकी छिन ।

नेपालमा रहेकी आमा बिना श्रेष्ठले मानवसेवा आश्रम विराटनगरकै परिसरमा उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन ।

FB_IMG_1747051896395.jpg

नेपालमा भक्तपुर घर भई लामो समयदेखि यूके बस्दै आएकी श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजकी कार्यवाहक अध्यक्ष पनि हुन् । 

नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्ष समेत रहेकी श्रेष्ठ बेलायतको नेपाली डायस्पोरामा सक्रिय छिन ।

मानवसेवा आश्रमले नेपालमा दुःख र आपतमा परेकाहरुका लागि सहयोग गर्दै आईरहेको छ । यसले विदेशमा पनि आफ्ना शाखाहरु विस्तार गर्दै लगेको छ ।

श्रेष्ठको यो सहयोग पहिलो भने होइन । नेपालमा भुकम्प पिडित , सांकृतिक संरचना निर्माण वा आपतमा परेका नेपाली अन्तर्राष्ट्रिय विद्याथीहरुका लागि पनि उनीले विभिन्न माध्यमबाट सहयोग गर्दै आईरहेकी छिन ।

मानवसेवा आश्रमका लागि प्रदान गरिएको सहयोग रकम उनीले अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युके मार्फत नेपाल पठाएकी हुन ।

सम्बन्धित समाचार