इनासले लण्डनमा श्रीकृष्ण बम मल्ल साँझ गर्ने

 

नेपाली गित संगित क्षेत्रका बहुप्रतिभाशाली लोकप्रिय गायक तथा संगितकार श्रीकृष्ण बम मल्लको एकल साँझ हुने भएको छ । अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज यूके अर्थात ईनासले यही नोभेम्बर १० तारिख आईतबार साँझ ६ः३० बजेबाट कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।

करिब पाँचसय भन्दा बढि गितमा सफल संगित संयोजन गरेका मल्लले तिन दर्जन भन्दा बढि  गितमा आवाज दिइसकेका छन ।

मेरै बुढा मेरै भगवान , निरमाया ठूली , धरोधर्म बिद्यानास , डाडाघरे साईली जस्ता जनजिब्रोमा झुण्डिएका लोकप्रिय गितमा आवाज दिएका मल्ल हाल सांगीतिक यात्राका क्रममा लण्डन छन।

मौलिक लोक , आधुनिक गित , फिल्मी संगितमा विशेष दक्षता राख्ने श्रीकृष्ण बम मल्लले साउथ इष्ट लण्डनको प्लमस्टेडमा अवस्थित गोर्खा क्याप्रिकन रेष्टुरेण्टमा आफ्नो प्रस्तुति दिने भएका हुन । कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था मिलाईएको ईनास युकेले जानकारी गराएको छ। 

 

सम्बन्धित समाचार