सञ्जय कँडेलको शब्द रचना तथा निर्देशनमा तयार पारिएको "गाँजल टिकी लाउने हो " तिज गित रिलिज भएको छ ।
सुनिल राईको संगित , पुष्कर खत्रीको एरेञ्ज रहेको म्युजिक भिडियोलाई यूके निवासी सुमन श्रेष्ठले खिँचेका हुन ।
युकेमै छाँयांकन गरिएको यो भिडियोलाई सविना श्रेष्ठले कोरियो गरेकी छिन । गाजल टिकी लाउने हो गितलाई चर्चित गायिका रचना रिमालले आवाज दिएकी हुन ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेले ( ईनास ) बजारमा ल्याएको " गाजल टिकी लाउने हो " गितको लिड रोलमा कलाकारहरु सविना श्रेष्ठ , रञ्जना केसी , अञ्जु वस्नेत, अंशु बस्नेत , दुर्गा राना , विष्णु राना मञ्जु शाह , सर्वेन्द्र अधिकारी , पण्डित निलहरी घिमीरे शान्ता खत्री आदिको अभिनय रहेको छ । भिडियो व्यवस्थापनमा सविना श्रेष्ठ , रञ्जना केसी लगायतले संयाेजनकारी भूमिका खेलेका थिए ।
नेपाली कला , भाषा , सँस्कृतिको प्रवद्धनमा स्वेदश तथा विदेशमा बस्ने दिदी वहिनीहरुका लागि हरितालिका तिजलाई लक्षित गर्दै यो सभ्य श्रब्य तथा दृष्य सामाग्रिलाई अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेले व्यवस्थापन गरेको हो ।