एक भागवत र एक गिता चलचित्र प्लमस्टेडमा प्रदर्शन हुने

तेश्रो लिङ्गीको कथामा आधारित नेपाली चलचित्र एक भागवत र एक गिता प्लमस्टेडमा प्रदर्शन हुन लागेको हो । गोर्खा क्याप्रिकन प्लमस्टेडमा २४ अप्रिल आईतबार साँझ ६ बजेदेखि शुरू हुने चलचित्रमा  चलचित्रका मुख्य खलनायक अनुराग कुँवर पनि उपस्थित रहनुहुने भएको हो ।

 
चलचित्रमा तराई वरपरका दृष्य र तेश्रो लिङ्गीका विषयलाई प्रस्तुत गरिएको छ ।नायक विपिन कार्कीको वेजोड अभिनय रहेको यो चलचित्रले नेपाली सिनेमा उपल्लो स्तरमा गएको प्रमाणित गरेको छ । एक दर्जन भन्दा बढि चलचित्रमा सफल अभिनय गरिसकेका कलाकार अनुराग कुँवर पनि यस विशेष अवसरमा उपस्थित
रहनु हुनेछ ।

 
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेको चलचित्र विकाश प्रवद्धन समितिले आयोजना गरेको यो चलचित्र हेर्न प्रवेश शुल्क १० पाउण्ड मात्र राखिएको छ । संकलित वचत रकम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज युकेको खातामा जम्मा गरिने छ ।टिकट खरिद गरेपछि पनि लक्की ड्रबाट टिकन क्रेताहरु लाई प्रथम ,द्वितिय र तृतिय पुरस्कारको व्यवस्था गरिएको छ ।
Messenger_creation_54883427-342c-4f6c-b1fb-1ef3c960a7f5.jpeg
 
फागु पूर्णिमाका अवसरमा आयोजना गर्न लागिएको यो चलचित्र प्रदर्शनमा यूके अवस्थित सम्पूर्णमा ईनास युकेले सहयोगको अपेक्षा गरेको छ ।
 
 
सम्बन्धित समाचार