स्मरण योग्य सांगीतिक प्रस्तुति " सम्झिराखन " बजारमा आएको छ । लण्डन निवासी गाएकद्वय सुजन पराजुली र विजय घिमिरे ( VJ) ले बजारमा ल्याएको सम्झिराखन अहिले चर्चामा छ । चेतनामूलक दृष्य सामग्रिमा बढ्दै गएको आत्महत्यालाई निरुत्साहित गर्ने प्रयास गरिएको छ ।

पछिल्लो पटक निकै चर्चामा रहेका निर्देशक सुयोग गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोलाई विप स्टुडियोले व्यवस्थापन गरेको हो ।
भिडियोलाई किरन थापा र अभी वाग्लेले कोरियोग्राफ गरेका हुन। मानसिक स्वास्थका कारण मानिसले आत्महत्या जस्तो दुष्प्रयास गर्ने गरेको दृष्यलाई मुलतः फरक ढङ्गवाट प्रस्तुत गरिएको छ ।
भिडियो लिंक