
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूरोपको नवौ नृत्य तथा छैठौ गाएन प्रतियोगिता फ्रान्सको पेरिसमा हुने भएको छ ।
यही मे को ११ र १२ मा हुने प्रतियोगितामा सहभागिताका लागि सम्बन्धित देशका राष्ट्रिय समितिहरुले नृत्य तथा गाएन प्रतियोगितामा १ / १ प्रतिस्पर्धी पठाउनु पर्नेछ ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज युकेले प्रतियोगिताको लागि अडिसन खुल्ला गरेको छ ।
अडिसनमा सहभागी हुनका लागि पोष्टरमा समावेश भएको स्थान र व्यक्तिलाई सम्पर्क गर्नहुन ईनास युकेले अनुरोध गरेको छ ।


