दलहरूले कोरेको धार्मिक गोरेटो हुँदै शास्त्रीको नेपाल यात्रा

धार्मिक गोरेटो हुँदै शास्त्रीको नेपाल यात्रा

द्वन्द्वात्मक भौतिकवादी दर्शनको दुहाइ दिएर हजारौंको ज्यान जाने गरी भएको सशस्त्र युद्धका नेतृत्वकर्ता प्रचण्डले छिमेक भारतमा पुगेर गेरुवा वस्त्र पहिरिंदै महाकालेश्वरमा ज्योतिर्लिङ्गको दर्शन/पूजा आराधना गरेको धेरै भएको छैन ।

२९ साउन अर्थात् साउन महिनाको अन्तिम सोमबार एमाले अध्यक्ष केपी ओली केही नेताका साथमा डोलेश्वर महादेव मन्दिर प्राङ्गणमा आयोजित ‘सन्ध्याकालीन आरती’मा सरिक भए । आरतीमा मुग्ध भीडमा गेरुवस्त्र ओढेर, निधारमा चन्दन लगाएर मुस्कुराइरहेका ठूलो कम्युनिष्ट पार्टीको अध्यक्षका दृश्य सामाजिक सञ्जालमा देख्न पाइयो ।

sansad.jpeg

त्यसो त, झापा आन्दोलनबाट उदाएका एक क्रान्तिकारी नेताको मठ–मन्दिरसँगको यो कुनै नयाँ लगाव भने होइन । राममन्दिरदेखि पशुपतिनाथको जलहरी स्थापना अनि त्यहाँ गएर उनले गरेका पूजापाठ र निर्णय पछिल्ला वर्षहरूमा चर्चामा रहे ।

यही पृष्ठभूमिमा कम्युनिष्ट पार्टी हुँदै कांग्रेस छिरेका सांसद तथा डलर अर्बपति उद्योगपति विनोद चौधरीले एक विवादास्पद पहेंलो वस्त्रधारी ‘धर्मगुरु’ धीरेन्द्रकृष्ण शास्त्रीलाई नेपाल भित्र्याएका छन् । शास्त्री नवलपरासीको शाश्वतधाममा आइतबारबाट सुरु हनुमन्त कथावाचनका लागि सांसद चौधरीको साथमा कार्यक्रमस्थल पुगेका छन् ।

शास्त्रीको विवादास्पद व्यक्तित्व

भारतमा विवादित रहेका शास्त्रीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ । सञ्चारमाध्यमहरूमा प्रसारित/प्रकाशित सामग्री हेर्दा पण्डित शास्त्री कुनै सभ्य समाजका सुयोग्य नागरिक लाग्दैनन् । अन्धविश्वासलाई प्रोत्साहन गर्ने उनी नारीद्वेष र छुवाछूतको पक्षमा सार्वजनिक अभिव्यक्ति दिन्छन् । चमत्कारको सर्कस (माइन्डरिड आर्ट) देखाउँछन् र त्यसलाई ईश्वरीय शक्ति भनेर भ्रम बाँड्छन् ।

सम्बन्धित समाचार