राजनैतिक दलका नेताहरु लण्डनमा

नेपाली काँग्रेसका सह - महामन्त्री डिना उपाध्याय र नेपाली काँग्रेसका सांसद तथा मुख्य सचिव कृष्णप्रसाद पौडेल लण्डन उत्रनु भएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराई , प्रमुख सचेतक महेश बर्तौला , जसपाबाट विनोद पौडेल र अर्जुन थापा पनि सोही कार्यक्रममा सहभागि हुन लण्डन आईपुगेका छन । 

राजनैतिक दलका नेताहरु लण्डन स्कूल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साईन्सले आयोजना गरेको वर्कशप अन स्ट्रेथनिङ्ग ईन्शट्युशन इन कन्फ्लिट एफेक्टेट एण्ड पोष्ट कन्फ्लिट स्टेट्स विषयक गोष्ठीमा सहभागि हुन लण्डन आइपुगेका हुन । 

नेपाली काँग्रेसका नेता द्वय उपाध्याय र पौडेललाई नेपाल प्रेस युनियन युरोपका अध्यक्ष सञ्जयभक्त कँडेल , जन सम्पर्क समिति युकेका पूर्व सभापति बिनोद मोक्तान , एनआएनएका संस्थापक सचिव चिरञ्जिवी ढकाल,नेपाली कांग्रेस यूकेका नेताहरु राजकुमार त्रीपाठी र युवराज सिंह , अन्तर्राष्ट्रिय धादिङ्ग समजका अध्यक्ष राजन खकुराल  र पत्रकार देवि गौतम लगायतले लण्डनमा भब्य स्वागत गरेका थिए ।

सम्बन्धित समाचार