अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यूकेकी उपाध्यक्ष सबिना श्रेष्ठ नेपाल प्रेस युनियन युरोपकी उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी छिन ।
वरिष्ठ इन्जिनियर राजकुमार त्रिपाठीको संयोजकत्वमा गठित निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेको थियो । अधिवेशनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी , नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल , नेपाल प्रेस युनियनका केन्द्रिय महासचिव दिलिप पौडेल , गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुल आचार्य , वरिष्ठ पत्रकार भगिरथ योगी लगाएतले सम्बोधन गरेका थिए ।
लण्डन फेशन हाउसले गरेको दोश्रो संस्करण मिसेस नेपाल यूकेकी रनर अपबाट आफ्नो सामाजिक यात्रामा पाइला टेकेकी श्रेष्ठ काठमाण्डौ ,बालकोट निवासी हुन ।
मोडलिङ्ग र पत्रकारितालाई संगै लिएर बेलायती डायस्पोरामा पाइला चाल्दै गरेकी श्रेष्ठ प्रष्ट वक्ता पनि हुन ।
नेपाली भाषा , संस्कृति र कला प्रवद्धनमा महत्वपूर्ण योगदान दिदै आएकी श्रेष्ठ आफ्ना सामाजिक जिम्मेवारीलाई इमान्दार सँग निर्वाह गर्ने महिलामा पर्छिन ।
लामो समयदेखि यूकेलाई कर्मभूमि बनाउँदै आएकी श्रेष्ठले यूकेकै प्रतिष्ठत विश्वविधालयबाट अर्थ व्यवस्थाम स्नातकोत्तर गरेकी छिन । नेपालमा पनि शैक्षिक पृष्ठभूमि राम्रो भएकी श्रेष्ठ नेतृत्वमा सम्भावना बोकेकी नारी हुन ।