जसपा अध्यक्ष यादवको मुद्धा हेर्दाहेर्दैमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दै राखिएको छ । शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ नसकिएपछि आइतबारका लागि पेसी तोकेर मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । शुक्रबार यादवका तर्फबाट बहसको सुरुवात भएको थियो । यादव पक्षको तर्क सुनेपछि सरकारी पक्षलाई बहसको समय दिइएको तियो । अशोक राई लगायतको पक्षले समेत बहस गर्न बाँकी भएकाले मुद्दा हेर्दा हेर्दै राखिएको छ । यसअघि मङ्गलवार पनि न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको तियो । जसपा छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा अर्को दल दर्ता गर्न निवेदन दिएपछि आयोगले उनीहरूको दल दर्ता गरिदिएको थियो । तर यादवले आफ्नो दल छाडेका नेताहरूले दिएको निवेदनको आधारमा अर्को दल दर्ता गर्नु गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यस्तै आफ्नो दल छाडेर जाने सात सांसदलाई सांसदको हैसियतमा कामकाज गर्न रोक लगाउन माग गर्दै यादवले सर्वोच्चमै अर्को रिट पनि दिएका थिए । दुवै रिटलाई सँगै राखेर हेर्ने गरी इजलास तोकिए पनि न्यायाधीशहरुले हेर्न नभ्याएका हुन् ।

1711368337_Upendra-Yadav-1200x560_20240513171147.jpg

सम्बन्धित समाचार