चलचित्र "सनाखत" यूकेका विभिन्न शहरमा देखाइने

इनास चलचित्र प्रर्वद्धन समितिको सहयोगमा

नेपाली समुदायको कथालाई केन्द्रित बनाएर स्व. लक्ष्मण राजवंशीद्वारा लिखित कथा तथा आर्यम नर्कमीको पटकथा , संवाद अनि निर्माता निर्देशन रहेको यो फिल्मले समाजमा अहिले भइरहेको र भविष्यमा हुने सामाजिक परिदृष्यलाई प्रस्तुत गरेको छ ।

चलचित्र सनाखत  ट्रामस्मेड थिएटर वुलईचमा आउने आईतबार सेप्टेम्वर ३ साँझ ६:३० बजे प्रथम प्रद्रशन हुँदैछ भने त्यस लगतै सेन्टर लन्डन , रेडिङ, स्क्टल्याण्डमा पनि सनाखत छिटै प्रर्दशनको तयारीमा रहेको छ । युके र युरोपबाट प्रर्दशन शुरु गरिने चलचित्र सनाखत नेपालमा भने केहि समय पछि देखाईने आयोजकले जनाएको छ ।

सुप्रसिद्ध हास्य अभिनेता मदन कृष्ण श्रेष्ठको मुख्य भूमिका रहेको सनाखतमा धिरेन शाक्य, मनिष श्रेष्ठ, नारायण देवी प्रधान, राजाराम पौडेल, सबिन शाक्य, प्रकाश श्रेष्ठ, अनिता ताम्राकार लगाएतको उत्कृष्ट अभिनय रहेको छ । 

बिके फिल्मस प्रडक्शन तथा जय हारति मा सिनेमाको प्रस्तुति अनि गोपाल कृष्ण मर्हजन र गोपाल काजी कायस्थ निर्माता रहेको यो चलचित्र पूर्णतया सामाजिक , पारिवारिक कथामा आधारित रहेको छ ।

मनिष श्रेष्ठ र नस्वा नक : मि सह निर्माता रहेको "सनाखत" मा दया शाक्य , सुरेन्द्र काजी शाक्य , विमल कुमार श्रेष्ठ, बाबा रञ्जितको आर्थिक सहयोग र साथ रहेको यो चलचित्रको छायांकन र सम्पादनमा दिपेन बस्न्यात रहेका छन भने सुनिल श्रेष्ठको कलर र अमित श्रेष्ठको  मिक्सीङ्ग रहेेको छ । 

 

सम्बन्धित समाचार