अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज ' इनास ' यूकेको पाँचौ अधिवेशन हुने भएको छ । आयोजकका अनुसार इनास युकेको अधिवेशन सेप्टेम्बर २४ आईतबार बिहान ९ बजेदेखि १२ बजेसम्म गोर्खा क्लब प्लमस्टेड हुने भएको हो ।
नेपाली कला , भाषा र संस्कृतिको संरक्षण र प्रवद्धनका लागि कार्यरत संस्था इनासको स्थापना २०१२ मा भएपनि यूके शाखाको स्थापना भने २०१५ मा मात्रै भएको हो ।
विश्वका ७० भन्दा बढि देशमा आफ्नो शाखा विस्तार गरिसकेको इनासले पाँचौं अधिवेशनमा नयाँ कार्यसमिति चयन गर्नेछ । पाँचौ अधिवेशन पश्चात इनास युकेले नर्दन आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स र इङ्गल्याण्ड गरि चारै राज्यमा पहिलोपटक आफ्नो शाखा विस्तार गर्ने भएको हो ।